विराटनगरमा घरको तीन तलामाथिबाट खसेर मजदुरको मृत्यु

विराटनगरमा घरको तीन तलामाथिबाट खसेर मजदुरको मृत्यु

विराटनगर महानगरपालिका–११ मा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ। ज्योति पोखरेलको घर बनाउने क्रममा शुक्रबार दिउँसो खसेर भारतीय नागरिक २६ वर्षीय रन्जित साहको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा घाइते भएका साहको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: