प्रहरी भवन अगाडीबाट एउटै गाउँका आधा दर्जन घरमा चोरी, ८० वर्षीय वृद्धामाथी लात्ती प्रहार

प्रहरी भवन अगाडीबाट एउटै गाउँका आधा दर्जन घरमा चोरी, ८० वर्षीय वृद्धामाथी लात्ती प्रहार

भीमराज अधिकारी, पथरी

सुन्दै अच्चम लाग्दो एकै गाउँका आधा दर्जन घरमा एकै रातमा चोरी भएको छ । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ का आधा दर्जन घर र पसलमा चोरी भएको हो । वडा नं. ६ को तिक्रिझाँकमा प्रहरी भवन छ तर प्रहरी बस्दैन । वर्षौँ देखि प्रहरी भवन भन्दै आएको सो ठाउँमा भवन छ तर प्रहरी नहुँदा स्थानीय हैरान भएका छन् ।

प्रहरीका लागि भनेर तयार गरिएको भवन

वडा नं. ६ को तिक्रिझाँकमा मंगलबार राति चोरी भएको स्थानीयले बुधबार विहान मात्रै थाहा पाए । चोरले घरमा भएका लत्ता कपडा, नगद रकम, सुनचादीँका गरगहना सबै लगेको छ । स्थानीय श्याम चन्द्रवंशीको घरमा राति १ बजे २ जना केटाहरु आएका थिए । श्याम की श्रीमती राधिका देवी चन्द्रवंशीले भनिन् “हामी सुतेका थियौँ राति १ बजेतिर २ जना केटाहरु आए म त छोराहरु होलान भनेको भरे आँखामा मोबाइल बालेपछि मात्रै थाहा भयो चोर रछन् । बुढाबुढी उठेर खेदाउन खोज्दा कता भागे पत्तो भएन” । करिब १७, १८ वर्षका युवाहरु रहेको राधिकाले बताइन् । २ जना मध्ये १ जनाले कालो सर्ट लगाएको समेत उनले बताइन् ।

सोही टोलकी फुल्की मण्डलको घरमा भएको सबै सम्पती चोरी भएको बताइन् । घरमा आफु एक्लै बस्ने गरेकी फुल्की राति भातेगौँडामा नाच हेर्न गएकी थिइन् । विहान आउँदा घरको सबै सामान भुइमा फालेको देखेपछि मात्र थाहा पाएको उनले बताइन् । उनको घरमा रहेको २० हजार नगद, सुनको फुली १ थान र चादीँको बाला १ थान चोरी भएको छ । फुल्कीले रुदै भनिन् “म रमेश मण्डलकोमा नाच हेर्न गएको थिएँ विहान आउदा ढोका खुल्लै थियो । मेरो सबै सम्पती चोरेछ । छोराको नगरिक्ता पनि चोरले लग्यो ।” सहकारीको बिल देखाउदै उनले दुःख गरेर कमाएको पैशा सबै चोरी भएको बताइन् । फल्कीका अनुसार उनका छोरा जीतन मण्डलको नागरिक्ता पनि चोरी भएको छ । उनि शारीरिक रुपमा असक्त रहेको र कमाउने मान्छे पनि कोही नभएको बताइन् ।

सोही टोलका मनोज मण्डलको घरमा पनि चोरी भएको छ । घरमा भएको बाकस नै मकैबारीमा फालेको भेटिएको कल्पना मण्डलले बताइन् । कल्पनाले भनिन् “हामी भित्र सुतिरहेका थियौँ बाहिरबाट ढोकाको चुकुल लगाएर बाकस चोरेछन् । बाहिर सुतेकी हजुरआमाको मुखमा पट्टि बाधेँर चोरले सबै सामान लगेछन् ।” ८० वर्षीय रेखा मण्डल कान नसुन्नेभएकाले पनि चोर आएको आफुले थाहा नपाएको रेखाले बताइन् । चोरले बाकस लगेपछि आफ्नो गालामा लात्तिले हानेपछि मात्रै थाहा पाएको रेखाले बताइन् । उनले थाहा पाए अनुसार चोरहरु ३ जना रहेको बताइन् । उनिहरुको घरबाट बाकसमा रहेको सबै साडी चोरले लगेको रेखाले बताइन् ।

खेरियाका सितरु मण्डलको घरबाट पनि नगद १ लाख ५० हजार र अन्य सामान चोरी भएको छ । घरको बाहिरबाट प्वाल खनेर चोर भित्र पसेको मण्डलले बताए । प्वालबाट भित्र पसेर मुख्य ढोकाको आग्लो खोलेर चोरले अरु सुतिरहेको ढोकाको चुक्कुल लगाएर सामान चोरी गरेको थियो । विहान उठेर हेर्दा बास बाँसघारीमा भेटिएको मण्डलले बताए । मंण्लका अनुसार बाकसमा रहेको चाँदीको वाला २ थान, सुनको फुली १ थान, कानको झुम्का २ थान चोरि भएको छ । चारले सुमन मण्डलको नागरिक्ता र सर्ट समेत लगेको मंण्डलले बताए ।
सोही टोलकी सुनिता चन्द्रवंशीको घरबाट पनि चोरी भएको छ । सुनको मंगलसुत्र, फूली, रिङ, चाँदीको पाउजु, विच्छी र सुनको सिक्री समेत रोरी भएको चन्दवंशीले बताइन् । छोराको पढाइका लागि ५० हजार ऋण खोजेर ल्याएको रकमबाट १० हजार खर्च गरेको र बाकीँ रहेको ४० हजार पनि चोरले लगेको छ । चाँदीको गहना गरिब २ केजीको रहेको र सुनको गहना डेढ तोलाको चोरी भएको चन्द्रवंशीले बताइन् ।

यस्तै वडा नं. ५ हसन्दह बजारमा रहेको नरेन्द्र चिया नास्ता पसलमा पनि चोरी भएको छ । राति नै गल्ला फोडेर करिब २ हजार नगद लगेको पसलका मालिक नरेन्द्र शाहले बताए । रिचार्ज कार्ड लगाएतका सामान चोरी हुँदा करिब २० हजार बराबरको क्षति भएको नरेन्द्रले बताए ।

यता सोही वडाको मैनखाडी चोकमा रहेको चौधरी किराना तथा खाजाघरबाट पनि चनेरी भएको छ । पसलको ढोका फोडेर गल्ला फोडेको तर गल्लामा रकम नभएका कारण अन्य सामान चोरी हुदाँ करिब २० हजारको क्षति भएको संचालक धनिराम चौधरीले बताए ।

यस्तो पनि चोर

चोरले सामान र रकम त चोर्यो तर खाजाघरमा रहेको माछा मासु, वियर, रक्सी, सुकुटी समेत चोरी भएको छ । नरेन्द्र चिया पसलबाट १ कार्टुन गोर्खा स्ट्रङ वियर र अन्य रक्सीको आइटम चोरी भयो । यता चौधरी खाजाघरबाट गोर्खा स्ट्रङ, टुबोर्क वियर, अन्य रक्सीका आइटमहरु, चुरोट, फ्रिजमा भएको मासु, माछा समेत चोरी भएको छ । चोरले पसल देखि केही पर खेतमा लगेर सो रक्सी खाएको धनिरामले बताए ।

व्यापारी त्रसित

वडा नं. ५ र ६ साविको हसन्दह गाविस हो । यी दुवै वडामा प्रहरी चौकी रहेको छैन् । व्यापारीहरु यसरी चोरीका कारण हैरान भएको बताउछन् । व्यावसाय चलाउन मुस्किल पर्न थालेको व्यवसायीहरुको भनाइ छ । यो क्षेत्रमा प्रहरी चौकीका लागि भवन तयारी अवस्थामा रहेता पनि हाल सम्म पनि प्रहरी बस्न सकेको छैन् । सो भवन हाल स्थानीयको पटेर, दाउरा राख्ने ठाउँ बनेको छ । सरकारी भवन प्रयाप्त छ तर पटक पटक पहल गर्दा पनि प्रहरी चौकी रहने व्यवस्था नभएको ५ का वडा अध्यक्ष जोग बहादुर धिमाल बताउछन् । पटक पटक प्रहरी ल्याउन माग गर्दा पनि सुनुवाइ नभएको धिमालको भनाइ छ । अव स्थानीयले नगर र इलाका घेराउ नै गर्न बाध्य पारेको वडा नं. ५ का सदस्य चेतेन्द्र खड्काले बताए । अब पनि यसरी बेवास्ता गरे वडाका सबै जनताले प्रहरी कसरी ल्याउन पर्छ भनेर नगर र इलाकामा गएर खोज्ने खड्काको भनाइ छ ।


सम्बन्धित खवर