रिना प्रकारणमा जनप्रतिनिधिको दैनिक चासो

रिना प्रकारणमा जनप्रतिनिधिको दैनिक चासो

मोरङको पथरीशनिश्चरे नगरको चासोको विषय वनेको रिना वस्नेत रहस्यमय मृत्यु प्रकरणलाई सुक्ष्म तरिकाले अनुसन्धान गरी चाँडो सत्थ तथ्य वाहिर ल्याउन नगरपालिकाका जनप्रतिनिधिले प्रहरी प्रशासनसँग दैनिक भेटघाट सहितको चासो व्यक्त गरेका छन् ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिले घटनाको सत्यतथ्य चाँडो पत्ता लगाएर नगरवासीको त्रासपूर्ण चासोलाई साम्य पार्न अनुसन्धानमा खटिएको प्रहरी निकायसँग अनुरोध गरिरहनु भएको छ । पछिल्लो पटक नगर उपप्रमुख वास्तोलाको अगुवाइमा इलाका प्रहरी कार्यालय पुगेको टोलीले डीएसपी नवराज ढुंगानालाई भेटी अनुसन्धानका उपलब्धि सहितका बारेमा जानकारी लिएको छ । घटनाको सत्यतथ्य चाँडो बाहिर ल्याउनका लागि सक्रियतापूर्वक अनुसन्धान अघि बढाउन अनुरोध गरेको छ । सुरक्षा चुस्तता पार्न र अनुसन्धानमा सघाउन नगरपालिका कार्यालय सधैं तयार रहेको नगर उपप्रमुख वास्तोलाले वताउनु भयो ।

गत वैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी व्यवसायी रिना वस्नेतको रहस्यमय मृत्युको सम्पूर्ण जाँचको रिपोर्ट आउन वाँकी रहेको प्रहरीको भनाई छ । घटना हत्या, आत्महत्या या अन्य कुनै दुर्घटना भन्ने यकिन भइनसकेको उल्लेख छ । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अनुसन्धान क्रमले हालसम्म हत्या भएको कुराको प्रमाण फेला परिनसकेको प्रहरीले जनाएको छ ।

बारम्बार फोन गर्ने प्रेमी भनिएका सुन्दरहरैंचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई म्याद थपेर अनुसन्धान अघि बढाएको छ । रिनाका श्रीमान सन्तोष पनि विदेशबाट घर आएका र उनलाई पनि सोधपुछ भएको छ । दर्जनौं व्यक्तिहरुलाई सोधपुछ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरीबाट अनुसन्धान व्यूरो सहित जिल्ला र नगरका प्रहरीहरु अनुसन्धानमा खटाइएको उल्लेख छ ।

पथरीशनिश्चरेमा श्रृंखलावद्ध रुपमा भएका आपराघिक घटनाको तुरुन्त सत्यतत्य छानविन तथा डीएसपीको दरवन्दी माग गर्दै विराटनगर आएका संघीय गृहमन्त्री रामबहादुर थापा बादललाई विहीवार नगर प्रमुख दिलिपकुमार राईले ज्ञापनपत्र बुझाउनु भयो । साथमा प्रहरी प्रमुख सर्बेन्द्र खनालको पनि उपस्थिती रहेको थियो । सो क्रममा प्रदेश गृहमन्त्री हिक्मतबहादुर कार्कीले अस्थाई रुपमा डीएसपीको दरवन्दी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको वताउनु भएको छ ।


सम्बन्धित खवर