पथरी प्रहरीको नेतृत्व डिएसपीलाई, स्थानीय न्याय पाउने आशमा

पथरी प्रहरीको नेतृत्व डिएसपीलाई, स्थानीय न्याय पाउने आशमा

पथरी, मोरङको पथरीशनिश्चरेमा रहेको इलाका प्रहरी कार्यालय पथरीको नेतृत्व अव डिएसपीले सम्हाल्ने भएका छन् । चरणबद्ध रुपमा पथरीशनिश्चरेमा रहस्यमय तरिकाले मृत्यु हुनेगरेको छ । पछिल्लो समय २९ वर्षीय रिना बस्नेतको मृत्यु काण्डले पथरी बजार तताएको छ । हालसम्म पथरी इलाकामा प्रहरी निरिक्षकले सम्हाल्दै आएको नेतृत्व अब डीएसपीले सम्हाल्ने तयारी भइरहेको छ । पथरीशनिश्चरे नगरका नगरप्रमुख दिलिप कुमार राईले पछिल्लो समय गृहमन्त्री राम बहादुर थापालाई भेटि पथरीको प्रहरी नेतृत्व डिएसपीलाई दिन अनुरोध गरेसंगै पथरीमा डिएसपीको नेतृत्व आउने सम्भावना बढेको हो । पछिल्लो घटनाक्रमलाई लिएर छानबिन गर्न हाल डीएसपी नवराज ढुङ्गाना पथरी इलाकामा रहेका छन् । तर ढुङ्गानालाई रिना बस्नेतको हत्या काण्डको छानवीनका लागि मात्रै पथरी पठाइएको बुझिएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जनस्तरबाट थप सुरक्षा बलको माग भईआएको हुँदा प्रदेश गृह मन्त्रालयले प्रक्रियाका लागि काम थालेको जानकारी दिए । उनले प्रक्रियाका लागि विभागमा जानकारी गराउनुपर्ने र आवश्यकताअनुसार डीएसपीको दरबन्दी कायम गर्ने नगर्ने भन्नेबारे टुङ्गोमा पुगिने बताए ।

नगर क्षेत्रको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै र पछिल्लो समयमा हुने गरेका शृङ्खलाबद्ध हत्याका घटनालाई कमल बजगाई नेतृत्वको प्रहरी कमाण्डले सम्हाल्न नसकेको तिब्र जनगुनासो थियो । यसरी चरणबद्ध रुपमा शंकास्पद मृत्यु हुन थालेपछि असहज महसुस गरिरहेका पथरीवासीले डिएसपी आउनेकुरासंगै न्याय पाउने आश गरेका छन् । नगरको शान्ति सुरक्षाका लागि नागरिकले चर्को आवाज उठाउदैँ आएका छन् ।


सम्बन्धित खवर