पथरी, पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले प्रहरीले सहमती विपरीत आन्दोलनकारी माथी अश्रुग्यास प्रहार भएको वताएका छन् ।
आन्दोलनको स्वरुप परिर्वतन गर्न सहमती गर्दै गर्दा प्रहरीले आक्रोसमा आएर स्थानियवासी माथी अश्रृग्यास प्रहार गरेको राईको आरोप थियो । आन्दोलनकारीलाई सम्वोधन गर्दै मेयर राईले भने ‘स्थानिय आन्दोलनकारी र प्रहरी विच वैठक वसी सहमती गरेको र सहमतीको वारेमा स्थानिय आन्दोलनकारीलाई जानकारी गराउन सम्वोधन गर्ने लाग्दा सहमती विपरित प्रहरीले आश्रृग्यास प्रहार गरेको छ’। अश्रृग्यास प्रहारवाट घाइते हुनेकााेाे संख्या बढ्दै गएकाे छ । हाल सम्म पथरीमा ५ जनाकाे र नाेवेल मेडिकल कलेज विराटनगरमा २ जनाकाे उपचार भइरहेकाे छ ।