पथरीमा गाेली चल्याे, रिना हत्याकाण्डले पथरी तनावपूर्ण, मेयरकाे राजिनामा माग

पथरीमा गाेली चल्याे, रिना हत्याकाण्डले पथरी तनावपूर्ण, मेयरकाे राजिनामा माग

पथरी, माेरङकाे पथरीमा गाेली चलेकाे छ । रिना हत्याकाण्डले पथरी तनावपूर्ण बनेका बेला अाक्राेसित भिड इलाका प्रहरी कार्यालय पुगेपछि प्रहरीले हवाई फायर गरेकाे हाे । दुई राउन्ड हवाई फायर भएकाे छ ।

प्रहरीले भिड नियन्त्रणमा लिन खाेजेपछि ढुङ्गामुढा समेत भएकाे छ । केही स्थानीयलाई चाेट लागेकाे बताएका छन् । भिडले नगरपालिका अनिश्चितकालीन रुपमा बन्द गराएकाे छ । वडा नं १ काे कार्यालय पनि बन्द रहेकाे छ । पथरी बजार पूर्णरूपमा बन्द रहेकाे छ । यातायातका साधनहरु चल्न सकेका छैन्न । पथरी बजार बाहेक अन्य बाटाेकाे प्रयाेग गरेर यातायातका साधनहरु गन्तव्य तय गरिरहेका छन् ।

स्थानीयले मेयर दिलिपकुमार राई, उपमेयर यमुना विष्टकाे राजिनामा माग गरेका छन् । यस्ताे प्रशासन नचाहिने भन्दै नाराबाजी भइरहेकाे छ । मेयरले स्थानियलाई सम्बाेधन गर्दै अाजैका दिनदेखि डिएसपीकाे नेतृत्वमा पथरीकाे सुरक्षा व्यवस्था अगाडि बढेकाे बताए । शंकास्पद रहेका मृतकका प्रेमी भनिएका कमल नेपाल प्रहरीले नियन्त्रणमा लिएकाे जनाएको छ। हाल पथरीकाे सुरक्षा व्यवस्थाका लागि विभिन्न ठाउँबाट प्रहरी परिचालन भएका छन् ।

शनिवार विहान निवस्त्र अवस्थामा मृत भेटिएकी माेरङकाे पथरीशनिश्चरे १ कि व्यावसायी रिना बस्नेतकाे निष्पक्ष छानवीनका लागि हिजैदेखि पथरी तनावपूर्ण रहेकाे छ ।

सम्बन्धित खवर