पथरी घट्ना अपडेट ः रिना हत्या प्रकरणमा उनका प्रेमी पक्राउ

पथरी घट्ना अपडेट ः रिना हत्या प्रकरणमा उनका प्रेमी पक्राउ

पथरी, पथरीशनिश्चरे त्रिवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीनाको रहस्यमय मृत्यु पछि उनका प्रेमी भनिएका कमल नेपाल हिजो साँझ पक्राउ परेका छन् ।

शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १४ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए ।

राती १२ बजेसम्म उनी कमल नेपालसँग फोनमा कुरा गरिरहेकी उनका छोराले बयान दिएका थिए । कल डिटेलमा पनि कमलसँग कुरा गरेको पाइए पछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुसका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईले जानकारी दिए ।

प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरुले सडक जाम नै गरेका थिए ।

आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ । व्यवसायी रिनाको हत्यारा पत्तालगाई कारवाहीको माग गर्दै‌ व्यवसायीहरुले बजार बन्द गरेका हुन् ।

ब्लाष्ट खबरबाट


सम्बन्धित खवर