प्रहरीले १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन

प्रहरीले १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन

नेपाल सरकारको २०७५ साल चैत्र १ गतेको निर्णय अनुसार १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरिएको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हो ।

नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफुसंग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो । सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् । बुझाएका हातहतियार मध्ये ९५ नाल बैध हतियार रहेका छन् भने बाकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेका छन् । संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियार मध्ये सबैभन्दा बढी १६७ नाल भरुवा बन्दुक रहेका छन् यसैगरी एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाईनिज पेस्तोल २ नाल र ९ थान नाल मात्र रहेका छन् ।

१ नम्बर प्रदेशमा सबै भन्दा बढी ताप्लेजुङ जिल्लामा हातहतियार संकलन भएको छ । ताप्लेजुङ जिल्लामा मात्र ३८ जनाले आफुसंग भएका लाईसेन्स प्राप्त हातहतियार बुझाएका छन् भने ७४ नाल हतियार वेवारीसे अवस्थामा फेला परेका छन् । यसैगरी पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल, मोरङमा १५ नाल, ईलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका छन् । बैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच बर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ । पाँच बर्षमा नविकरण नभएमा स्वत अबैध हुने प्रावधान रहेको छ ।

 

सम्बन्धित खवर