पथरी घटना अपडेट ः मंगलबार बिहान सम्मका लागि सडक खुल्यो, संघर्ष समिति गठन हुदैँ

पथरी घटना अपडेट ः मंगलबार बिहान सम्मका लागि सडक खुल्यो, संघर्ष समिति गठन हुदैँ

पथरी, मोरङको पथरीमा रिना बस्नेतको शंकास्पद रुपमा मृत्यु पछि आक्रोसित बनेर सडक जाम गरेका स्थानीयले सडक खुलाएका छन् । मंगलबार विहान ९ बजे सम्ममा सत्य तथ्य सार्वजनिक गर्ने आश्वासन दिएपछि आक्रोसित भिडले सडक खुल्ला गर्न सहमती भएको छ ।

नगर उपप्रमुख यमुना विष्टले भिडलाई सडक खुल्ला गर्न पटक पटक आग्रह गरेपछि पथरी प्रहरीसंगको मौखिक सहमतिमा तत्काललाई सडक खुल्ला गरेको हो । मंगलबार विहान ९ बजे सम्म पनि सत्य तथ्य पत्ता लागाउन नसके पथरी बजारका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने र चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गरिने जानाइएको छ । आज बेलुका सम्ममा संघर्ष समिति तयार गर्ने र भोलीको कार्यक्रम तय गरिने पथरीवासीले जनाएका छन् ।

केही महिनादेखि भइरहेका शृङ्खलावद्ध घटनाले यतिबेला पथरीवासीमा ठुलो त्रास फैलिएको छ । गएको शनिवार विहान स्थानीय व्यावसायी रिना बस्नेतको शंकास्पद रुपमा मृत्यु भएपछि पथरी तनावपूर्ण बन्दै गएको हो । यसअघि पनि पटक पटक यस्ता घटना बाहिर आएका छन् । तर ती घटनाको हाल सम्म खोसी पत्ता लगाउन नसकेको भन्दै पथरी प्रहरीको चर्को विरोध भएको छ ।

सोमबार उद्योग वाणिज्यसंग, नगरका जनप्रतिनिधि, अन्य संघसंस्था, स्थानीय व्यावसायीहरुको टोली इलाका प्रहरी कार्यालय पथरीमा पुगेको थियो । सो समयमा प्रहरी निरिक्षक कमल बजगाइलाई हाल सम्म भइरहेको अनुसन्धानको अवस्थाका बारेमा स्थानीयले बुझेका थिए । बजगाइले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै स्थानीयले पूर्ण पश्चिम राजमार्गमा सवारी साधन ठप्प पारेका हुन् । शान्ति सुरक्षा कायम गर भन्दै आक्रोसित बनेको भिडले टायर बालेका थिए । सो भिड नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय उर्लाबारी, शसस्त्र प्रहरी लागएतको टोली खटेको छ । स्कटिङ मार्फत सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरीसंग भएको सामान्य मुडभेडका कारण केही स्थानीयलाई सामान्य चोट लागेको छ ।



सम्बन्धित खवर