पथरीमा सडक जाम, प्रहरीसंग स्थानीयको आक्रोस

पथरीमा सडक जाम, प्रहरीसंग स्थानीयको आक्रोस

पथरी, मोरङको पथरीमा सडक जाम भएको छ । केही महिनादेखि भइरहेका शृङ्खलावद्ध घटनाले यतिबेला पथरीवासीमा ठुलो त्रास फैलिएको छ । गएको शनिवार विहान स्थानीय व्यावसायी रिना बस्नेतको शंकास्पद रुपमा मृत्यु भएपछि पथरी तनावपूर्ण बन्दै गएको हो ।

सोमबार उद्योग वाणिज्यसंग, नगरका जनप्रतिनिधि, अन्य संघसंस्था, स्थानीय व्यावसायीहरुको टोली इलाका प्रहरी कार्यालय पथरीमा पुगेको थियो । सो समयमा प्रहरी निरिक्षक कमल बजगाइलाई हाल सम्म भइरहेको अनुसन्धानको अवस्थाका बारेमा स्थानीयले बुझेका थिए । बजगाइले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै स्थानीयले पूर्ण पश्चिम राजमार्गमा सवारी साधन ठप्प पारेका हुन् । शान्ति सुरक्षा कायम गर भन्दै आक्रोसित बनेको भिडले टायर बालेका थिए । सो भिड नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय उर्लाबारी, शसस्त्र प्रहरी लागएतको टोली खटेको छ । स्कटिङ मार्फत सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रहरीसंग भएको सामान्य मुडभेडका कारण केही स्थानीयलाई सामान्य चोट लागेको छ । नगर उपप्रमुख यमुना विष्टले सडक जाम नगर्न पटक पटक आग्रह गरेता पनि स्थानीयले ज्यान गएपनि सडक जाम नखोल्ने बताउदै आएका छन् । प्रहरीले सडक खुलाउन प्रयास जारी राखेको छ ।


सम्बन्धित खवर