पथरी, पछिल्लो समय मोरङको पथरीमा भइरहेका शृङ्खलाबद्ध घटनाका विषयमा सोमबार नगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उद्योग वाणिज्यसंघ, लायन्स क्लव अफ पथरी र लायन्स क्लव अफ योङहर्ट पथरीले नगरमा एक कार्यक्रमको आयोजना गरि ध्यानाकर्षण पत्र बुझाएको हो ।
सो ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख दिलिप कुमार राईले केही दिनमा नै नगरमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय, एसपी लगाएतको माथिल्लो निकायमा पनि सरसल्लाह भइरहेका कारण केही दिनमा नै समस्याको निकास निस्कने राईले बताए ।
शुक्रबार राती पथरीशनिश्चरे १ को मुख्य बजारमा २९ वर्षीय रिना बस्नेतको शंकास्पद रुपमा मृत्यु भएको थियो । निवस्त्र अवस्थामा रोडमा मृत भेटिएकी बस्नेतको हाल सम्म पनि सत्य तथ्य बाहिर आउन सकेको छैन् । यस घटनाले पथरीवासी यतिबेला आतकंकित भएका छन् ।