पथरीमा वृहत् इष्टर शान्ति ¥यालि सम्पन्न

पथरीमा वृहत् इष्टर शान्ति ¥यालि सम्पन्न

पथरी, सन्तोष राई
पूर्वी मोरङ ईसाई समाको आयोजनामा आज (आइतबार) मोरङको पथरीमा वृहत् इष्टर शान्ति ¥यालि सम्पन्न सम्पन्न भएको छ। येशु ख्रिष्ट मृत्यु लाई जीति पुर्नउत्थान भएको दिन(Easter Sunday) को खुसियाली र नयाँबर्ष २०७६ सालको शुभकामना व्यक्त गर्न आयोजना गरिएको हो । ईसाई समाजको कार्यलय प.श १० भुटानी शरणार्थी क्याम्पबाट प्रार्थनाको साथ सुरु भएको ¥यालि ऐयाबारी, मंगलबारे, पथरी बहुमुखी हुदै पथरी बजार परिक्रमा गदै सोहि स्थानमा पुगेर समापनको प्रार्थना गरी सम्पन्न भएको थियो।

पूर्वी मोरङ ईसाई समाजमा आवद्ध पूर्वी मोरङको कानेपोखरी, पथरी, उर्लाबारी र मिक्लाजुङ पालिकाको ४० भन्दावढी चर्चका युवा तथा ईसाई सदस्यहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो। ¥यालिमा नयाँवर्षको शुभकामना, येशुले भन्नुभयो बाटो,सत्य र जीवन म नेै हँ, येशुले भन्नुभयो म असल गोठाला हुँ, छिमेकिलाई आफूलाइझै प्रेम गर लगायतका वाइवलका वचन लेखिएको व्यानर र प्लेकार्ड बोकिएको थियो ।

धर्मशास्त्र वाइवल अनुसार २००० वर्ष अगाडी त्यससमयको शासक, पुजारी, न्याधिस र यहुदी जातिले येशु ख्रिष्टको असल उपदेश, आश्चर्य कर्म र चङ्गाई कार्य गर्दा निर्दोष भए पनि दोषी ठहर गरी हात र पाउमा काटी ठोकी शिरमा काँडाको मुकुट लगाई क्रुशमा टागी ३९ कोर्रा लगाई भालाले रोपेर बलि बनाएका थिए (मत्ती २७ः३२–५०)। त्यस समय यता येशू वलिभएपछि ईसाई हरुले आफूले गरेको पापको क्षमायाचन गर्न पशुवलि गर्न आवश्यक भएन। येशू मृत्यु पश्चात् मृत नै भइरहेनन् तीन दिनपछि आजको दिन चिहानबाट सदाको लागि बौरि उठेका थिए(लुका २४ः१२–२४)। त्यहि खुसियालिमा आज विश्वभर (Easter Sunday)मनाइएको छ। पुर्नउत्थान भएपछि केहि समय शिष्यसँग रहेपछि पवित्र आत्मा पठाइ जगत्को अन्त्यमा आउने प्रतिज्ञा गर्दै स्वर्गरोहण भएका थिए।

सम्बन्धित खवर