पथरीमा फेरी अर्को हत्या भएको आशंका, ब्लड, कपाल र पेन्ट भेटियो

पथरीमा फेरी अर्को हत्या भएको आशंका, ब्लड, कपाल र पेन्ट भेटियो

भीमराज अधिकारी, पथरी

मोरङको पथरीमा फेरी अर्को हत्या भएको आशंका गरिएको छ । पथरीशनिश्चरे १ पथरी बहुमुखी अगाडी रहेको सरकारी जग्गामा ब्लड, कपाल र पेन्ट लगाएतका सामग्री फेला परेको छ ।

सिसौघारी रहेको सो जग्गामा २,३ ठाउँमा भुइ पूर्ण रुपमा माडिएको, सो क्षेत्रको झारमा भर्खर सुक्दै गरेको ब्लड, ब्लड लागेको पेन्ट, लाइटर लगाएतका सामान फेला परेको छ । पेन्ट र कपाल इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धानका लागि लागिसकेको छ । सो क्षेत्रमा अहिलेपनि लाइटर र कपाल त्यासै छोडिएको छ । सो क्षेत्रमा अहिले स्थानीयको बाक्लो उपस्थीति रहेको छ ।

यसरी दिनुनुदिन भइरहेको घटनाले पथरीबासीलाई सुरक्षाको त्रास बढेको छ । प्रहरीले घटना स्थलमा भएका सम्पूर्ण सामान किन लगेन ? लाइटर कपाल लगाएतका सामान अझै सो क्षेत्रमा रहेका छन् । स्थानीयले आक्रोस पोखेका छन् । पथरी प्रहरी निकम्मा बनेको पथरी बासीको आरोप छ ।

हिजो मात्रै पथरीमा रिना बस्नेतको विभत्स तरिकाले हत्या भएको फेला परेको थियो । आज भेटिएको सो प्रमाण कस्को हो र लास काहाँ पु¥याइयो भन्ने पक्ता लागेको छैन् ।



 

सम्बन्धित खवर