एक युवाले देखाए प्रधानमन्त्रिलाई कालो झन्डा

एक युवाले देखाए प्रधानमन्त्रिलाई कालो झन्डा

काठमाडौं, शनिवार जितगढी विजय उत्सव कार्यक्रममा पुगेका प्रधानमन्त्रि केपी शर्मा ओलीलाई एक युवाले कालो झन्डा देखाएका छन् । प्रधानमन्त्रिले सम्बोधन गरिरहेका बेला एकासी स्टेजको ५० मिटर अगाडी कालो झन्डा देखाएर उभिएका अर्घाखाँचीका रुद्र घिमिरेलाई प्रहरीले समेत देखेको थिएन । जब प्रधानमन्त्रिले सुरक्षाकर्मी कता छ ? भनेपछि मात्रै प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्रिको सुरक्षाका लागि ५ तहको सुरक्षा घेरा बनाइए पनि घिमिरेले सो घेरालाई तोडेर कालो झन्डा देखाउन सफल भएका हुन् । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरी तैनाथ रहेको थियो । सो कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए ।

खचाखच भरिएको मञ्चको अगाडी पुगेका घिमिरेले उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै कार्यक्रम स्थल प्रवेश गरेर कालो झण्डा देखाएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।



सम्बन्धित खवर