पथरीमा कन्सर्ट हेर्न गएकी महिलाको बलात्कार पछि हत्या

पथरीमा कन्सर्ट हेर्न गएकी महिलाको बलात्कार पछि हत्या

पथरी, मोरङको पथरीशनिश्चरे १ मा कन्सर्ट हेर्न गएकी एक महिलाको बलत्कार पछि हत्या गरिएको आशंका गरिएको छ । पथरी बजारमै बस्दै आएकी २८ बर्षिया रुपा बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन् ।

शुक्रबार राति पथरीमा कन्सर्ट आयोजना गरिएको थियो । कन्सर्टमा हाल नेपालका चर्चित लाहुरे र भिटेनलाई आमन्त्रण गरिएको थियो । युवा पुस्ताले रुचाएका लाहुरे र भिटेनलाई हेर्नेको भिड अत्यन्तै बढी मात्रामा थियो । सोही कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान मृत भेटिएकी हुन् । बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् । उनी १४ बर्षिया छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन् । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ । हाल सो क्षेत्रमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भईरहेको छ ।



सम्बन्धित खवर