गैरकानुनी रुपमा अमेरिका पुगेका तीन सय नेपाली जेलमा

गैरकानुनी रुपमा अमेरिका पुगेका तीन सय नेपाली जेलमा

काठमाडौं,  गैरकानुनी रुपमा अमेरिका पुगेका तीन सयभन्दा बढी नेपाली जेल परेका छन् । अमेरिकी सरकारले यसरी गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई जेलमा राख्ने निर्णय गरेपछि उनीहरु जेल परेका हुन् ।

महिनौं लगाएर अमेरिका पुगेका नेपालीले अदालतको निर्णय नआउन्जेल जेलमा नै बस्नुपर्ने भएको छ । यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो । त्यो प्रावधान बुधबारदेखि हटाइएको छ ।

युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले दिएको जानकारीअनुसार अमेरिकाका विभिन्न शहरमा बनाइएका ७१ अध्यागमन जेलमा तीन सय भन्दा बढी नेपाली छन् ।

(Source–Newslaya)   

सम्बन्धित खवर