विराटनगरमा वडा कार्यलयमा ताला, वडा अध्यक्ष कार्यकक्ष मै थुनिए

विराटनगरमा वडा कार्यलयमा ताला, वडा अध्यक्ष कार्यकक्ष मै थुनिए

विराटनगर–महानगरपालीका वडा नं. ६ को कार्यलयमा धुधुवा पैनीका स्थानियवासीन्दाले ताला बन्दी गरेका छन् ।

वडा कार्यलयमा शुक्रबार विहान १० बजेदेखि लगाइएकोे तालाबन्दी अहिलेसम्म खोलिएको छैन । वडा कार्यलयमा पुगेका सयौ सेवाग्राहीहरु मर्कामा परेका छन् । विहीबार एस्काभेटर सहित महानगरपालिकाको नगर रक्षकको टोलीले धुधुवा पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको भन्दै स्थानियवासीले ताला बन्दी गरेका हुन् ।

आफूहरुलाई कुनै जानकारी नै नदिईकन भर्खरै बनाईएका घर टहरालाई जवरजस्ती भत्काएको भन्दै ताला बन्दी गर्नुपरेको स्थानिय दिनेश कुमार कामतले जानकारी दिए । उनले भने,‘जब सम्म विराटनगरका मेयर भीम पराजुली र उप मेयर ईन्दिरा कार्कीले हामी कहाँ आएर वार्ता नगरेसम्म ताला बन्दी नखोल्ने दावी गरे ।

महानगरको नगररक्षक , प्रहरीको उपस्थितीमा जगदमा कामत, शंकर कामत,सुष्मा साह, नारायण भट्राई, ललित कामत र विरु सहनीको घर टहरा भत्काएका थिए ।
यता नापजांचगर्दा टहरा निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको पुष्टि भएपछि भत्काउने आदेश दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

उनले जग्गाको नापजांचबाट सो जग्गा सार्वजनिक भएको पुष्टि भएपछि टहरा निर्माण गर्न लागेका ब्यक्तिहरुलाई टहरा हटाउन २४ घन्टे सुचना दिइएको तर सुचनाको अटेर गरेका कारण भत्काउन लगाइएको अधिकारीले बताए ।

(स्रोत–आवरविराटनगर)    




 

 

सम्बन्धित खवर