१७ वर्षीया छोरी आफ्नै बाबुबाट पटक –पटक बलात्कृत

१७ वर्षीया छोरी आफ्नै बाबुबाट पटक –पटक बलात्कृत

चरिकोट–दोल्खामा १७ वर्षीया किशोरी आफ्नै बाबुबाट पटक पटक बलात्कृत भएको खुलेको छ । छोरी बलात्कार गरेको अभियोगमा चरिकोटबाट एक बाबुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

विगत सात वर्षदेखि कोही नभएको समयमा छोरीलाई विभिन्न प्रकारको डर त्रास देखाइ बाबुले बलात्कार गर्दै आएको भनि किटानी जाहेरी दिएपछि उक्त आधारमा बाबुलाई पक्राउ गरेको दोलखा प्रहरीले बताएको छ । छोरीले आफू आफ्नै बाबुबाट धेरै पटक बलात्कृत हुँदै आएको भनि जाहेरी दिएकी हुन् ।

बलात्कार गर्ने अभियोग लागेका बाबुलाई जिल्ला प्रहरी दोलखाले पक्राउ गरेको जिल्ला प्रहरी दोलखाले जनाएको छ । जिल्ला प्रहरी दोलखाका अनुसार उनलाई थप अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ ।

(Source–News24)    

 

सम्बन्धित खवर