सेभेन स्टार फुटवल क्लब सेमिफाइनल प्रवेश

सेभेन स्टार फुटवल क्लब सेमिफाइनल प्रवेश

पथरी, म्यान अफ दि म्याच सनम धिमाल प्रेरित खेलमा सेभेन स्टार फुटवल क्लब पथरीमा जारी पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । बिहिबार भएको खेलमा बुद्ध युथ क्लब लाई ६–३ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ को ४ मिनेटमा धिमालले गोल गरेका थिए । १४ औं मिनेटमा बुद्ध युथका लागि देवराज गुरुङले गोल गर्दै बराबरी गोल गरे । खेलको २६ औं मिनेटमा सेभेन स्टारका लागि सनम भुजेलले दोश्रो गोल गरे । खेलको पहिलो हाफ सम्म २–१ गोल अन्तरले अघि रहेको सेभेन स्टार दोश्रो हाफमा ४ गोल गर्न पुग्यो । सेभेन स्टारका लागि धिमालले दोश्रो हाफको १४ र २७ औं मिनेटमा गोल गर्दै हेट्रीक पूरा गरे । भुजेलले खेलको २९ औं मिनेटमा गोल गरे भने सुरेश राइले इन्जुरी टाइममा गोल गरे ।

यता बुद्धका तर्फबाट दोश्रो हाफको २७ औं मिनेटमा सिजन तामाङ र ३० औं मिनेटमा सुरेश गुरुङले गोल गरेर अन्तर कम गरे । प्रतियोगिताको शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक यलम्बर युवा क्लब र त्रिबेणी युवा क्लब बिच हुने आयोजकले जानकारी दिएको छ ।

यलम्बर युवा क्लबको आयोजना भएको प्रतियोगिताको बिजेताले २० हजार १११ नगद र ट्रफ्री र १० हजार १११ नगद ट्रफ्री प्राप्त गर्ने छ ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: