कानेपोखरीको फेसबुक चोकमा आगलागी, १५ लाख बढीको क्षति

कानेपोखरीको फेसबुक चोकमा आगलागी, १५ लाख बढीको क्षति

मोरङको कानेपोखरी गाउँपालिका ६ फेसबुक चोकमा आगलागी भएको छ । सोही स्थान बस्ने बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करिब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हो । भट्टराईको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्न लगायत सम्पूर्ण सर(सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको छ ।

सम्बन्धित खवर