नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण, वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीको बधाई

नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण, वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ–नेपालले पहिलोपटक आफ्नै स्याटेलाइट (भू–उपग्रह) अन्तिरक्षमा पठाएइएको पुष्टि गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले ट्विटरमा एक सन्देश लेख्दै स्याटेलाइट निर्माणदेखि प्रक्षेपणसम्म संलग्न नेपाली वैज्ञानिकहरुलाई बधाई दिएका हुन् ।

‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट(१ प्रक्षेपण भएको छ । यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचीमा जोडिएको छ,’ उनले भने, ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट) का अनुसार नेपालको भू(उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिकास्थित भर्जि्निया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

यो भू(उप ग्रहलाई नतर्राष्ट्रय स्पेस स्टेशनमा लगिने । यसलाई अन्तरिक्षमा एक महिनाम्म राखिने छ । त्यहाँसम्म पुग्न अन्तरिक्ष यानको प्रयोग गरिएको छ । स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ । जापानको क्यूटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले यो भू उपग्रहको निर्माण गरेको थियो ।

स्पेश इन्जिनियरिङमा पीएचडी गरिरहेकाका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठलगायतले तयार गरेको स्याटेलाइटलाई NepaliSat-1 (नेपालीस्याट(१) नाम दिइएको छ ।

News source- New24    

 

सम्बन्धित खवर