मिस पथरी शनिश्चरेको ताज रिजुलाई, जस्ले प्रश्नको उत्तर ३ वटा भाषामा दिइन्

मिस पथरी शनिश्चरेको ताज रिजुलाई, जस्ले प्रश्नको उत्तर ३ वटा भाषामा दिइन्

भीमराज अधिकारी, पथरी

मिस पथरी शनिश्चरे २०१९ को ताज (टाइटल) रिजु भट्टराइले चुमेकी छन् । बुधबार राति भएको ग्राण्ड फिनालेमा सहभागी १५ प्रतिस्प्रर्धीहहरुलाई पछि पार्दै रिजुले ताज पहिरिएकी हुन् ।

पथरीमा रहेको पञ्चायत माविमा अध्यनरत छात्रा रिजुले जजले सोधेको अीन्तम प्रश्नको जवाफ ३ वटा भाषामा दिएकी थिइन् । टप १५ बाट छानिएर टप १० हुदैँ टप ५ मा आएपछि फिनालेको चौथो एवं अन्तिम राण्डमा मिस पथरीको उपाधी टुङ्गो लागेको थियो । अन्तिम राउण्डमा टप ५ प्रतिस्पर्धीका लागि जजले प्रश्न गरेका थिए – एदि तिमि रेफमा प¥र्यौ भने अगाडीको जीवन कसरी अगाडी बढाउछौ ? यो प्रश्नमा रेजुले संस्कृत, नेपाली र अंग्रेजीमा उत्तर दिएकी थिइन् । उनले आफ्नो उत्तरमा नेपाली नारीहरुलाई स्वयं देवी को अवतार मान्ने गरिन्छ तरपनि यदि म रेफमा परे भने त्यसपछि मजतिको पावरफुल र स्र्टोङ मान्छे नै हुनेछैन्, म सबैलाई एकतृत गरेर यस्तो जघन्य अपराध, हिंसाको निर्मूल पार्ने छु । उनको उत्तरले रेजु अवको मिस नेपाल हुने दर्शकहरुले अांकलन गरेका थिए ।

मिस पथरीको ताजसंगै रिजुले नगद ७५ हजार, सव टाइटल मिस पर्सनालिटी पनि हात पारिन् । सोही कार्यक्रममा चर्चित गाएक समिर बि.कले आफ्नो बजारमा आउन लागेको तिमि त मेरो मुटु हौँ को म्युजिक भिडियोमा रिजुलाई स्थान दिने बताए । रिजुले सो गीतमा हालका चार्चित नायक पल साहसंग म्युजिक भिडियोमा मोडलिङ गर्ने पनि वि.कले बताए ।

मिस पथरी शनिश्चरेको फस्ट रनरअप पथरी बहुमुखीमा अध्यनरत छात्रा तुलसा नेम्वाङ भइन् । उनले नगद ५० हजार हात पारिन । उनि स्ववियु कोषाध्यक्ष पनि हुन् ।

 

सेकेण्ड रनरअप रेजिना राइले हात पारिन् । उनले टाइटलसंगै नगद २५ हजार हात पारिन् । पथरीमा माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको आयोजनामा यो पहिले पटक सुन्दरी प्रतियोगीताको आयोजना भएको हो ।

सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको सव टाइटलहरु वेस्ट वाल्क करिस्मा लिम्बू, वेस्ट स्माइल तुलशा नेम्वाङ, मिस फोटोजेनिक अस्मि तामाङ, मिस पब्लिक चोइस रोमा गुरुङ, मिस ट्यालेन्ट ारेजिना राई, वेष्ट कम्पेल्कसन सदिक्षा बस्नेत, वेष्ट डिसिप्लेन कोपिला राईले हात पारे ।



सम्बन्धित खवर