म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तीम चारमा, मेस्सीको दुई गोल

म्यानचेस्टरलाई हराउँदै बार्सिलोना अन्तीम चारमा, मेस्सीको दुई गोल

म्यानचेस्टर युनाइटड लाई हराउँदै बार्सिलोना अन्तीम चारमा प्रवेश गरेको छ । कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा ३–० ले स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो। घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले दुई तथा फिलिपे कौटिन्होले एक गोल थपे ।

घरेलु मैदानमा बार्सिलोनाले सुरुदेखि नै आक्रमक खेल खेल्दा १६औं मिनेटमा मेस्सीले गोलले अग्रता बनाएको थियो । २०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि बढेको थियो ।  ६१औं मिनेटमा फिलिपे कौटिन्होले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोना ३–० ले विजयी हुन सफल भयो ।

सम्बन्धित खवर