मोरङको दुई स्थानमा आगलागी, चार घर जल्दा ५५ लाख बराबरको क्षति

मोरङको दुई स्थानमा आगलागी, चार घर जल्दा ५५ लाख बराबरको क्षति

मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा ५५ लाख रुपयाँ बराबरको क्षति भएको छ । मोरङको कटहरी गाउँपालिका ६ मुस्लिम टोलमा स्थानीय कृष्ण बहादुर लुईटेलको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा २ तले कच्ची घर, छिमेकी मनोज बिष्ट र कमल बिष्टको घर समेत जलेर नष्ट भएको हो । आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा दिउँसो पुर्ण रुपमा आएको प्रहरीले जनाएको छ ।

यसैगरी बिराटनगर महानगरपालिका ५ स्थित कमल तिमिल्सिनाको घर भित्र रहेको केमीकल फ्याक्ट्रीमा आगलागी भएको छ । बिद्युत सर्ट भई अचानक आगलागी हुँदा घर भित्र रहेको सम्पुर्ण समानहरु जलेर नष्ट भएको छ । आगलागीबाट १५ लाख रुपँया बराबरको क्षति भएको छ । आगलागी नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर