पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबलमा आयोजक विजयी, आज सुनाखरी र त्रिवेणी भिड्दै

पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबलमा आयोजक विजयी, आज सुनाखरी र त्रिवेणी  भिड्दै

पथरी,धनकुमार मगर
नयाँ वर्षको २०७६ शुभ अवसरमा मोरङको पथरी शनिश्चरे १ स्थित यलम्वर युवा क्लबको आयोजनामा सोमबार सुरु भएको पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा आयोजक यलम्वर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथमा हिजो (सोमबार) बाट सुरु प्रतियोगितामा न्यु स्टार फुटबल क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । खेल सुरु भएको १३ औं मिनेटमा दावा तामाङले गोल गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा आयोजक टिमका गोलकिपर चन्द« पयाङ्गो म्यान अफ द म्याच घोषित हुदै नगद पाँच सय सहित ट्रफि प्राप्त गरेका छन् । आजको खेल सुनाखरी फुटबल क्लब र त्रिवेणी फुटबल क्लबका बिच हुने खेल संयोजक सुमन वि.क. ले बताएका छन् । खेल दिउँसो ४ बने सुरु हुनेछ । प्रतियोगितामा विजयी २० हजार १ सय ११ रुपैँया र ट्रफ्री जित्ने छ भने उपबिजेताले १० हजार १ सय ११ रुपैँया र ट्रफी जित्ने छ । प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रका ८ टिमको सहभागिता रहेको छ्न ।

 

सम्बन्धित खवर