दमकको ईष्ट स्प्रीङले पानीमा कालोबजारी गर्दै

दमकको ईष्ट स्प्रीङले पानीमा कालोबजारी गर्दै

पथरी, झापाको दमकमा रहेको पाथीभरा वेभरेज एण्ड फुड प्रोडक्सन प्रालिले उत्पादन गर्ने पानीमा काकलोबजारी भएको पाइएको छ । सो पानी वजारमा अनाधिकृत रुपमा वेच्ने गरेको भेटिएको छ ।

ईष्ट स्प्रीङ नामको पानी उत्पादन तथा विक्रि गर्दै आएको सो कम्पनीले उत्पादन गरेको पानीमा उत्पादन मिति, उपभोग्य मिति र रजिष्टे«सन नम्वर समेत उल्लेख गरेको छैन् । बोटलको बिर्कोमा प्लाष्टिक क्याप समेत लगाएको छैन् ।

गत चैत २७ गते बुधवारदेखि पथरीमा शाखा खोली आफ्नो वितिय कारोवार थालेको कामना सेवा विकाश वैङकले उद्घाटनका दिन खरिद गरेको पानीको लेभलमा प्रिन्ट गतल भएपछि सस्थाले फर्काएको कामना सेवाले जनाएको छ । तर सोही पानी फुड प्रोक्सनले वजारमा लगेर कर्टुनका कार्टुन विक्रि गरेको छ । प्रति कार्टटुन १ सय ३७ रुपैयाका दरले पथरीका होटलमा सो पानी विक्रि भएको शुक्रवार भेटिएको थियो ।

मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने पिउने पानीमा फुड प्रोडक्सनले यति सम्म हेलच्याक्राई र मनोमानी तरिकाले वजारमा आफ्नो उत्पादन विक्रि गरेको छ ।
राज्यलाई कर तिर्न कम्पनीले आफ्नो पानीको लेभलमा रिजीष्टे«सन नम्वर उल्लेख गरेको पानी विक्रि गर्नु पर्ने भएपनि सो नगरेको देखीएको छ । कामना सेवा विकाश वैङकको लोगो अंकित पानीको वोटलको तौल पनि उल्लेख गरिएको छैन ।

आफ्नो सस्थाको टे«डमार्क कुनै पनि सस्थाले अनाधिकृत रुपमा प्रयोग गरि सस्थाको प्रतिष्ठामा आच आउने काम गरेको पाइए टे«डमार्क दुरुपयोग अन्र्तगको कानुनी कार्वाही गर्न वैङक तयार रहेको व्यावस्थापक विरेन्द्र भण्डारीले बताए ।

यता फुड प्रोडक्सनका मालिक शशिराज विष्ट भने गत ४ दिन अगाडी देखि वजारमा रहेको पानी आफ्ना कर्मचारी खटाएर उठाउदै ढाकछोप गर्न लागि परेको पाइएको छ ।



सम्बन्धित खवर