पथरीशनिश्चरेमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता

पथरीशनिश्चरेमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता

पथरी, माोरङ पथरीशनिश्चरे १० मा स्थापित नेपाली भाषी युवा समूहले प्रदेश स्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको छ । आइतबार भएको सो नृत्य प्रतियोगितामा एकलतर्फ झापाको दमक डान्स सेन्टरले प्रथम स्थान हासिल ग¥यो । यस्तै दोस्रो स्थान भने पथरीशनिश्चरे देवीगन्जको चिनारी बोर्डिङ स्कुलकी जयन्ती लिम्बु भइन् ।

प्रथम स्थान हासिल गर्ने दमक डान्स सेन्टरले १० हजार १० रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने दोस्रो हुने जयन्ती लिम्बुले ५ हजार ५ रुपैयाँ र ट्रफी प्राप्त गरिन् । यसैगरी सामुहिक नृत्यतर्फ प्रथम सौगात डान्स सेन्टर र दोस्रो दमक डान्स सेन्टर घोषित भए । सो नृत्य प्रतियोगिताको जर्जहरुमा नृत्य निर्देशक कमल राई, मनिता राई र भूपेन्द्र लिम्बु रहेका थिए ।


सम्बन्धित खवर