शुशासन सम्बन्धि दुई दिने तालिम शुरु

शुशासन सम्बन्धि दुई दिने तालिम शुरु

डम्बर सिन्चिउरी, कानेपोखरी

सामुदायीक वन सबैकालागि, सधैँकालागि भन्ने मुल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिका ७ मा सामुदायीक वन समुहमा शुशासन सम्बन्धि दुईदिने तालिम सोमबारबाट शुरु भएको छ ।

तालिम सोमबार र मंगलबार दुई दिन सम्म संचालन हुने छ । तालिमको सोमबार एक अौपचारिक कार्यम्रमको आयोजनाका विच कार्यक्रमकी प्रमुख अतिथि महासंघकी केन्द्रीय सदस्य संगिता थापाले गमलाको विरुवामा पानी हाली उद्घाटन गर्नु भएको हो ।

उक्त तालिम स्थानीय ग्रामिण सुधार सामुदायीक वन उपभोक्ता समुहको सभाहलमा संचालन भएको हो । हाल दिगो शुशासनको अभावमा सामुदायिक वन सबन्धि गतिविधी संचालनमा कठिनाई उत्पन्न हुने गरेकाले सो कठिनाई न्युनिकरण गर्ने उद्देष्यले नै यस्तो तालिम संचालन गरिएको ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नवीन राईले वताएका छन् । तालिम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कानेपोखरी गाउँपालिकाको आयोजनामा संचालन भएको हो ।

तालिममा कमनेपोखरी गाउँपालिका ६ र ७ का गरी ५ वटा सामुदायीक वनहरु ग्रामिण सुधार, जनजागृती, ग्रामिण सृजना, लक्ष्मि र ज्योती सामुदायीक वन उपभोक्ता समुहका २० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


कार्यक्रममा विभिन्न सामुदायिक वन एवं महासंघका प्रतिनिधिहरुले तालिमको सफलताका लागि शुभकामना मन्तव्य समेत राखेका थिए । मन्तव्य राख्ने क्रममा अधिकांश वक्ताहरुले हाल सामुदायिक वन भित्र भैरहेको वैज्ञानिक वनको अवधारणाको खुलेर विरोध गरेका थिए । उहाँहरुले वनमा सर्पट कटानको नीति तुरुन्त बन्द हुनु पर्छ । वनमा भएको सिन्डिकेट हटाउनु पर्ने । वैज्ञानिक वनको साटो छनौट प्रक्रिया अन्तरगतको दिगो वन कायम गरिनु पर्ने । वन समुहहरुको पनि छुट्टै दिगो र एउटै संगठन बनाएर अगि बड्नु पर्ने । जैविक विविधतालाई संरक्षण गरिनु पर्ने । वन रक्षाकालागि छुट्टिएर आएको बजेट वनमा नै लगाईनु पर्ने । गरिबी न्युनिकरणको बजेट उद्दम सृजना गर्ने खालको काममा लगाएर गरिबका लागि रोजगार सृजना गरी लगानि गरिनु पर्नेमा जोड दिएका छन् । यस्तो विचार राख्नेमा महासंघ मोरङका नव निर्वाचित अध्यक्ष कृष्ण कुमार राई मुख्य हुनुहन्थ्यो । यसै गरि महासंघ प्रदेश सचिव अग्नि पौडेलले पनि वैज्ञानिक वनको खुलेरै विरोध गर्नुभयो । उहाँले सामुदायीक वन भित्र वैज्ञानिक साझेदारी वन रहिरहे केही वर्ष भित्रैमा यसठाउँमा पनि मरु भुमिकरण हुने र खरबुजा खेति गर्न सकिने वातावरण सिर्जना नहोला भन्न सकिन्न भन्ने धारणा राख्नु भएको थियो ।

तालिममा केन्द्रीय सदस्य संगिता थापा र प्रदेस सचिव अग्नि पौडेलले सहज कर्ताको भुमिका निर्वाहा गर्नु हुने छ ।
कानेपोखरी गाउपालिका महासंघ अध्यक्ष कृष्ण थामिको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको संचालन संस्थाकी सचिव सुनिता तामाङले गरेकी थिईन् ।

सम्बन्धित खवर