यू–१९ विश्वकप एसिया छनोटमा मलेसियामाथि नेपालको सानदार जित

यू–१९ विश्वकप एसिया छनोटमा मलेसियामाथि नेपालको सानदार जित

काठमाण्डौ–आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए । मलेसियाका इजित फिक्वीले सर्वा्धिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे ।

यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो । झिनो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १९ रनमा आउट भए ।

उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।

सम्बन्धित खवर