अवैध हात हतियार सहित चोरी शिकारीमा संलग्न मगर पक्राउ

अवैध हात हतियार सहित चोरी शिकारीमा संलग्न मगर पक्राउ

मोरङको बेलबारी स्थीत बेलबारी चिसाङ साझेदारी वन क्षेत्रबाट अवैध रुपमा चोरी शिकारीमा संलग्न एक जनालाई पक्राउ गरीएको छ ।
बेलबारी १० भाउन्नेका मछिन्द्र बहादुर मगरलाई पक्राउ गरीएको हो । उनको साथबाट एक थान लोड गरीएको भरुवा बन्दुक, दुई थान गोली, एउटा मोबाईल , दुई बट्टा बारुद र बन्दुकमा प्रयोग गरीने केप समेत बरामद गरीएको छ ।

पछिल्लो समय चोरी शिकारी बढ्दै गएपछि स्वीप अपरेशन जारी गरीएको छ । यसै क्रममा उनलाई पक्राउ गरीएको हो ।

शसस्त्र वन रक्षकका जम्दार गिरी बहादुर मगरको नेतृत्वमा रहेको टोलीले शिकार गर्न तयारी गरीरहेका उनलाई वन क्षेत्रबाटै पक्राउ गरेको हो । मगर विरुद्द चोरी शिकारी , हतियार खर खजाना सम्बन्धी मुद्धा दायर गरीने बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापनका संयोजक दिनेश गिरीले जानकारी दिए । सो मुद्धामा १० बर्ष सम्म जेल सजाय हुने प्रावधान छ ।

(स्रोत–निरन्तर खवर)


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: