एकाविहानै भू–कम्पको धक्का

एकाविहानै भू–कम्पको धक्का

सोमबार विहानै ४.८ रेक्टर स्केलको भू–कम्प गएको छ । बझाङ केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४ बजेर २७ मिनेटमा सो भू–कम्प गएको हो ।

बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भू–कम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहेको छ । तर यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो । आसपासका जिल्लासम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।


सम्बन्धित खवर