लोदिया खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु

लोदिया खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु

ईलाम–ईलामको माई नगरपालिका १० लोदिया खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पानीमा डुबेर सोही स्थान बस्ने बर्ष ३१ को पूर्ण दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । दर्जीको खोलामा नुहाउने क्रममा पुल बनाउन पिलर गाड्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । प्रहरीले कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको जनाएको छ ।

सम्बन्धित खवर