भ्रमणमा निस्किएको बस पल्टिदा तीनको घटनास्थलमै मृत्यु, ३१ जना घाइते

भ्रमणमा निस्किएको बस पल्टिदा तीनको घटनास्थलमै मृत्यु, ३१ जना घाइते

सर्लाही–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सोही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्।काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा.३.ख १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिँएको हो। दुर्घटनामा ज्यान गुमाएका सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो।

दुर्घटना परी ३१ घाइते भएकामध्ये ४ जना अवस्था गम्भीर रहेकोलेथप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर