१५ दिनका लागि आन्दोलन स्थगित गर्न चिकित्सक राजी

१५ दिनका लागि आन्दोलन स्थगित गर्न चिकित्सक राजी

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारले १५ दिनको समय माग गरेपछि नौ दिन देखि जारी आन्दोलन स्थगित भएको छ ।

समायोजनको विषयलाई लिएर स्वास्थ्य सेवा अवरुद्ध पार्देै आएका चिकित्सकसँग पटक पटकको वार्ता पछि १५ दिनका लागि समय उपलब्ध गराई आन्दोलन स्थगित गर्न चिकित्सक राजी भएका हुन् । शनिबार साँझ भएको वार्तामा अध्ययन विदामा रहेका चिकित्सक र विशेषज्ञ चिकित्सकलाइ पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमति पछि आन्दोलन स्थगित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताए ।

उनका अनुसार आइतबारदेखि मुलुकभरका सरकारी अस्पतालका अवरुद्ध सेवा सुरु हुनेछ । स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा १५ दिन भित्र मन्त्रिपरिषदबाट सहमतिका बुँदा पास गर्ने बताइएको छ । उक्त समय भित्र सहमति पालना नगरे पुनः सेवा अवरुद्ध बनाउने चिकित्सकले बताए । चिकित्सकका अनुसार माग सम्बोधन भए आन्दोलन फिर्ता हुनेछ ।

बिशेषज्ञ चिकित्सकलाइ संघ अन्तरगत राखेर परिचालन गर्नुपर्ने, पदस्थापन गर्दा बिशेषज्ञ चिकित्सकको हकमा उसको ज्ञान, सीप, योग्यता अनुसार हुनुपर्ने, अध्ययन विदामा रहेका चिकित्सकलाइ पुल दरबन्दीमा राख्नुपर्ने माग सहित गत शुक्रबारदेखि चिकित्सक आन्दोलनमा थिए ।

सम्बन्धित खवर