दार्जिलिङ संग सडन डेथमा हिमायलन शेर्पा पराजित, फाइनलमा DFC मोरङ संग भेट

दार्जिलिङ संग सडन डेथमा हिमायलन शेर्पा पराजित, फाइनलमा DFC मोरङ संग भेट

फिदिम – ए डिभिजनको क्लब हिमालय शेर्पा पाँचथरमा जारी वाईवाई तेस्रो पाँचथर गोल्डकपको उपाधि होडबाट बाहिरीएको छ । हिमालयलाई सडन डेथमा हराउँदै भारतको दार्जि्लिङ युनाइटेड प्रतियोगिताको फाइनलमा पुगेको छ ।

दार्जि्लिङले उपाधिको लागी सोमबार डागीहाट फुटबल क्लब मोरङ संग प्रतिस्पर्धा गर्ने छ । मोरङ विजय युथ क्लबलाइ हराउँदै फाइनल पुगेको थियो । फिदिम माविमा भएको खेलको निर्धा्रित समय १–१ को बराबरी तथा टाइब्रेकरमा ५–५ को बराबरीपछि खेलको निर्णय सडन डेथमा भएको थियो । सडन डेथमा हिमालयनका ड्डाडि वाम्बेको प्रहार खेर गयो । दार्जि्लिङका वाङदेन तामाङ भने गोल गर्न सफल भए ।

निर्धा्रित समयमा खेलमा पहिलो अग्रता भने दार्जि्लिङले लिएको थियो । १९ औं मिनेटमा करण राइले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । ५४ औ मिनेटमा हिमालयनका ड्डाडि वाम्बले बराबरी गोल फर्काएका थिए ।

म्यान अफ दी म्याच घोषित दार्जि्लिङका वाङदेन तामाङले ५ हजार रुपैयाँ प्राप्त गरे । मौका सदुपयोग गर्न नसक्दा हार्नु परेको हिमालयनका प्रशिक्षक विजेता पुडासैनीले बताए ।

टिमवर्कले गर्दा खेल आफ्नो पक्षमा आएको दार्जि्लिङ प्रशिक्षक फर्स तामाङले बताए । फाइनलमा पनि यसैलाई निरन्तरता दिदै उपाधि जित्ने तामाङले आशा राखे । प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सम्बन्धित खवर