आर्थिक अभावकै कारण करणको उपचार हुन सकेन, ६ महिनादेखि ओछ्यानमा

आर्थिक अभावकै कारण करणको उपचार हुन सकेन, ६ महिनादेखि ओछ्यानमा

रबिन्द्र बराल(रंगेली)
मोरङको रंगेली नगरपालिका २ स्थित मंगलबारेका एक बालक औषधि उपचारको अभावमा थलिएका छन् । ४५ बर्षका विनोद सरदार र आमा रेखा सरदारका कान्छा छोरा १३ वर्षका करण सरदारले बिगत ६ महिना देखि खुट्टाको उपचार नपाएका हुन् ।

कात्तिक महिनामा खेलेर घर फर्किदै गरेको समयमा बाटोमा लडेर समान्य चोट लागे पछि उनको देव्रे खुट्टामा चोट लागेको थियोे । अस्पतालमा उपचार गराउन लैजादा उनको खुट्टा भाचिएको थाहा पाए पछि डाक्टरको सल्लाह अनुसार खुट्टामा ब्याण्डेज गरियो । तर पाँच महिना बितिसक्दा समेत खुट्टा राम्रो हुन नसकेको बिरामीका बुबा बिनोदले बताए ।

करण स्थानीय श्री महेन्द्र आधारभुत बिधालयमा कक्षा ४ मा अध्यनरत विद्यार्थी हुन् । खुट्टा कै कारण बिगत ५ महिना देखि विद्यालय जान सकेका छैनन् । बिगत १५ बर्षदेखि मोरिया खोलाको किनारमा १० घुर ऐलानी जग्गामा बसोवास गर्र्दै आएका यो परिवार अहिले आर्थिक संकटमा छ । आर्थिक अभावकै कारण करणको उपचार हुन सकेको छैन ।

उनको परिवारमा करणको मात्र समस्या हैन विनोदकी श्रीमतीको पनि बिगत ५ बर्ष देखि कान दुख्ने समस्य बाट पिडित छिन् । एक जनाको ज्याला मजदुरीले दुःख, सुखमा परिवार चलाउँदै आएको यो परिवार निकै पीडामा छ ।

विनोद भन्छन्, ‘गरिब भएकै कारण छोराको उपचार गराउन सकेको छैन, कसैले सहयोग गरे एउटा बालकको ज्यान बचाउन मद्धत मिल्ने थियो ।’

सम्बन्धित खवर