धरानमा कार, बस र ट्रयाक्टर एकआपसमा ठोक्किदा ४ जनाको मृत्यु

धरानमा कार, बस र ट्रयाक्टर एकआपसमा ठोक्किदा ४ जनाको मृत्यु

धरानबाट इटहरी आउदै गरेको कार दुर्घटना हुँदा कारमा सवार तीन जनाको घटनास्थलमै मृत्यू भएको छ । शुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलनजिक बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो ।

ट्याक्टरको चक्कामा कार ठोक्किदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टेको थियो भने कार इटहरीबाट धरान जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठोक्किन पुगेको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी ४ का अनिल श्रेष्ठ र मदन लिम्बु, महालक्ष्मी गाउँपालिका ४ धनकुटाका जनक बुढाथोकी र गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेत रहेका छन् ।

घाइतेहरूमा ट्याक्टरमा सवार झापा चन्द्रगढी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई, धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट लगायत छन् ।

 

सम्बन्धित खवर