डीएफसी मोरङ फाइनलमा प्रवेश

डीएफसी मोरङ फाइनलमा प्रवेश

फिदिम–फिदिममा जारी पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा डीएफसी मोरङ फाइनलमा प्रवेश गरेक छ। शुक्रबारको पहिलो सेमिफाइनल खेलमा विजय युथ क्लब हेटौंडालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धा्रित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलियो ।

एक गोलको अग्रतालाई जोगाउन नसक्दा हेटौंडा सेमिफाइनलबाट बाहिरियो। ४६ औँ मिनेटमा हेटौंडाको तर्फबाट सुनिल बलले गोल गरे । तर हेटौंडाको अग्रता लामो समय टिक्न सकेन । ४९ औँ मिनेटमा मोरङका संजोग राईले बराबरी गोल गर्दै खेलको म्यान अफ द म्याच चुनिए ।

टाइब्रेकरमा डीएफसी मोरङका क्याप्टेन बिक्रम लिम्बू, हेमन्त थापामगर, पुजन उपरकोटि र विदेशी खेलाडी आरमान भिदुनले गोल गर्दा नविन गुरुङको प्रहार हेटौडाका गोलकिपर अशोक बरालले रोके ।

हेटौडाको तर्फबाट विदेशि खेलाडिद्धय, टेम्पे र हमिड तथा सुलिन वलले गोल गर्दा सरोज दाहालको प्रहारमा पोलमा ठोक्कियो भने भने रेजिन सुब्बाको प्रहार बाहिरियो । प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेलमा दार्जि्लिङ युनाइटेड भारत र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: