पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका मार्फत २० वटा कृषक समूहलाई सिंचाईको सहजताका लागि एक–एक सेट पानी तान्ने मोटर निःशुल्क वितरण गरिएको छ ।
नगर प्रमुख दिलिपकुमार राईले नगरपालिका कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच कृषक समूह, कृषि फर्म सहितलाई मोटर र त्यसमा आवश्यक सामग्री वितरण गर्नुभयो ।
कृषि कार्यक्रम अन्तर्गत नगरपालिकामा आएको सशर्त अनुदान कार्यक्रमको ७ लाख ९१ हजार रुपैयाँबाट सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।