ओखलढुङगामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, २ घाईते

ओखलढुङगामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, २ घाईते

ओखलढुङगाको लिखु गाउँपालिका ३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । लिखु गाऊँपालिका ४ की ५५ बर्षीया सेतीमाया मगर, निजकै छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्न गएकोमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा ५५ बर्षीया सेतीमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । अन्य दुई जना मध्ये बिष्णु मगरको अवस्था गम्भीर भएकोले उपचारको लागि काठमाण्डौ पठाईएको छ ।

सम्बन्धित खवर