प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम सम्वन्धमा गोष्ठी सम्पन्न गरेको छ ।

वडाध्यक्ष सहितका नगर कार्यपालिका सदस्य, वडा सचिव सहित सहितका जनप्रतिनिधि एवम् कर्मचारीबीच कार्यक्रम कसरी सञ्चालन गर्ने बारेमा गोष्ठी सम्पन्न भएको हो । रोजगार संयोजक हिमाल राईले कार्यक्रममा जानकारी गराउनु भयो ।

गोष्ठीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनत १ सय दिनको रोजगारीमा सहभागि हुन इच्छुकले चैत मसान्तसम्ममा वडा कार्यालयमार्फत सूचिकृत हुनु पर्ने उल्लेख गरिएको छ । यस अघिदेखि नै वडा कार्यालयमार्फत जारी सूचनाका आधारमा रोजगार सेवा केन्द्रमा वेरोजगार रहेकाहरुले आफुलाई सूचिकृत गर्दै गरेको उल्लेख छ ।

सम्बन्धित खवर