पत्रकार कोइराला सम्मानित

पत्रकार कोइराला सम्मानित

पथरी, पत्रकार हरि कोइराला सम्मानित भएका छन् । मोरङको लेटाङ नगरपालिकाले कोइरालालाई लेटाङ नगर विकास पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरेको हो ।

छिमेकी गाउँपालिका कानेपोखरीका स्थाइ बासिन्दा कोइराला गोरखापत्रका संवादाता हुन् । लामो समय देखि पत्रकारिता पेशामा रहेका कोइरालाले लेटाङको विकासका लागि विभिन्न कोणबाट समाचार सम्प्रेषण गरिरहेका थिए । विहिबार आयोजित चौथो नगर सभामा नगर प्रमुख शंकर राई, उप–प्रमुख कृष्ण कुमारी निरौला लगाएतले कोइरालालई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेका हुन् ।
नगरले गरेको सम्मानले आफ्नो जिम्मेवारी अझ वढेको कोइरालाले बताए । नगरमा हुने हरेक विकासमा कामलाई संचार माध्यममा पु¥याउने दायित्व आफुले पुरा गर्ने पनि कोइरालले बताए ।

सम्बन्धित खवर