सुपब्को नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

सुपब्को नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

भीमराज अधिकारी, पथरी

मोरङको पथरीशनिश्चरे ४ मा रहेको सुपब् इङ्लिस बोर्डिङ स्कुलले वार्षिक परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले सोही कार्यक्रममा मन्टेश्वरी कक्षाको नवनिर्मीत भवनको पनि उद्घाटन गरेको छ ।

विहिबार एक भव्य कार्यक्रमको आयोजना गरेर विद्यालयले २०७५ को वार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशनसंगै विद्यालयले २०७४ को परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरेको छ । कक्षा १ देखि कक्षा ८ सम्मका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत भएका हुन् । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए । विद्यार्थीहरुले आफैले कोरियोग्राफ गरेर िनकै नै राम्रा राम्रा नृत्य प्रस्तुत गरेका थिए ।

२०५९ सालमा स्थापना भएको विद्यालयले ग्रामिण क्षेत्रमा रहेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विशिष्ट अतिथि जहरमान लिम्बूले बताए । गाउँमा शिक्षामा लगानी गर्नुपर्छ भनेर जोस जाँगरका साथ अगाडी वढिरहेका विद्यालय संचालकलाई अझ प्रगतिको शुभकामना समेत लिम्बूले दिएका छन् ।

कार्यक्रममा ७ नं. वडा सदस्य विरोज मगर, चन्द्रकुमार के.सी, अमर लिम्बू लगाएतले शुभकामना मन्तव्य राखेका थिए । आगामी दिनमा विद्यालयले शिक्षाको गुणस्तरलाई अझ प्रभावकारी रुपमा अगाडी वढाउन प्रतिवद्ध रहेको संस्थापक तथा प्रिन्सिपल सन्तोष बस्नेतले बताए । विद्यालयलाई बालमैत्री वातावरणमा शिक्षण पद्धतीलाई जोड दिएर अगाढी बढाउने कुरामा सदैव लागि परेको बस्नेतले बताए ।

सम्बन्धित खवर