उर्लाबारीमा भेटिए ४० जना क्यानसर रोगी

उर्लाबारीमा भेटिए ४० जना क्यानसर रोगी

तिलक नेपाली, उर्लाबारी

मोेरङको उर्लाबारीमा ४० जना क्यानसर रोगी भेटिएका छन् । उर्लाबारीमा रहेको अरनिको हस्पिटल प्रा.लि र उर्लाबारी नगरपालिकाको आयोजना राखिएको क्यानसर जाँच शिविरमा ४० जना क्यानसर रोगी फेला परेका हुन् ।

चैत्र २५, २६ र २७ गते ३ दिन सम्म संचालित शिविरमा जम्मा ८६० जनाले क्यानसर जाँच गराएका थिए । सो संख्या मध्ये ४० जनामा क्यानसरको अवस्था देखा परेको अरनिको हस्पिटल प्रा.लिका निर्देशक चिरञ्जीवि चुँडालले जानकारी दिए । क्यानसरको असर देखा परेकाहरुलाई उपचारका लागि सिफारिस गर्ने चुँडालले जानकारी दिए ।

क्यानसर जाँच शिविरका लागि प्राविधिक सहयोग विपी कोइराला मेमोरीयल क्यानसर अस्पताल भरतपुरले गरेको थियो । अरनिको हस्पिटलमा अन्य समयमा पनि प्रत्येक हप्ताको आइतबार, मंगलबार र विहिबार निःशूल्क रुपमा क्यानसर जाँच गर्ने गरिएको पनि चुँडालले जानकारी दिए । क्यानसर जाँचका लागि उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाइ, मिक्लाजुङ, लेटाङ, लगाएतका ६ वटा पालिकाहरुले सहयोग तथा समन्वय गर्दै आएका छन् ।

सम्बन्धित खवर