पथरी बहुमुखीमा उद्यमशीलता अन्तरक्रिया हुने

पथरी बहुमुखीमा उद्यमशीलता अन्तरक्रिया हुने

पथरी, मोरङको पथरीशनिश्चरे–०१, मा रहेको पथरी बहुमुखी क्याम्पसमा उद्यमशीलता सम्बन्धि अन्तरक्रिया हुने भएको छ । क्याम्पसको आयोजनामा विहिबार व्यवस्थापन संकायका विद्यार्थीहरुसंग १ दिने उद्यमशीलता अन्तरक्रिया हुने भएको हो ।

पीएलओ लुब्रिकेन्टका प्रोप्राईटर एवम् जेसिस वर्ष २०१३ का राष्ट्रिय अध्यक्ष भोलेस्वर दुलालले उधमशिलता प्रशिक्षण गर्ने तथा अन्तरक्रिया गर्ने क्याम्पस प्रमुख चेतन पौडेलले बताए । किताबी ज्ञान सँग सँगै व्यवहारिक ज्ञानको आवश्यकता भएकोले उधमशिलता सम्बन्धि तालिम तथा अन्तरक्रिया गर्नु आवश्यक रहेको पौडेलले बताए । विषेश गरि व्यवस्थापन सङकायका स्नातक तह तेस्रो वर्षमा अध्ययनरत बिधार्थीको लागि आयोजना गरिए पनि ईच्छुक अन्य बिधार्थीले पनि सहभागीता जनाउन सक्ने पौडेलले बताए ।

क्याम्पसले बिधार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले विभिन्न व्यक्तित्व विकास साथै उधमशिलता सम्बन्धि कार्यक्रम गर्दै आएको छ । सैद्धान्तिक ज्ञानले मात्र व्यक्ति सफल नबन्ने भएकोले सफल उद्यमी बन्नको लागि व्यवहारिक र प्रयोगात्मक ज्ञान आवश्यक रहेकाले उधमशिलता तालिममा सहभागी हुन बिधार्थीहरुलाई क्याम्पसले आग्रह गरेको छ ।

व्यवस्थापन सङ्कायका स्नातक तह तेस्रो वर्षमा अध्ययनरत बिधार्थीलाई चाडैँ नै फिल्ड भिजिटका लागि पिएलओ लुब्रिकेन्टको कम्पनीमा लैजाने कार्यक्रम समेत रहेको क्याम्पसको व्यस्थापन विभाग प्रमुख डिल्लीराम बरालले जानकारी दिएका छन् ।

सम्बन्धित खवर