दलित महिला माथि मरणासन्न हुने गरी कुटपिट

दलित महिला माथि मरणासन्न हुने गरी कुटपिट

पिडक भन्छन दलित सँग माफि माग्नु भन्दा त कानुन बमोजिम सजाँय नै भोगेर जेल वसेर आउछौं ।

डम्बर सिन्चिउरी, लेटाङ

उत्तरी मोरङको लेटाङ ३ स्थित दार्जिलिङ लाईन निवासी एक ७० वर्षिय दलित वृद्धा महिला विभा रसाईलीलाई आफ्नै छिमेकिहरुले मरणासन्न हुने गरि कुट पिट गरेका छन् ।

उक्त कुट पिट गत चैत्र २० गते बुधबार अपरान्ह अन्दाजी ५ बजे तिर भएको भए पनि हालै मात्र बाहिर आएको छ । छिमेकि छिमेकि विच भएको घटना आपसमा नै मिल्न राम्रो हुने भएकोले अहिले सम्म घटना बाहिर नल्याको । तर , जब पिडकहरुले दलित सँग आफुहरुले माफि नमाग्ने, अौषधि उपचार पनि नगर्ने, बरु कानुन बमोजिमको सजाय भोग्न आफुहरु तयार भएको वताए पछि मात्र यश घटनालाई हामीले सन्चारमामाध्यममा ल्याएको पिडितका भाइ दिपेन्द्रले वताए ।

छिमेकी आमाछोरी द्वय ५० वर्षिय तारा देवि श्रेष्ठ र २७ वर्षिय रेनुका श्रेष्ठले आफ्नो नावालक नातिलाई कुटेको निहुँमा उक्त कुटपिट गरेको हुन सक्ने प्रहरीले जनाएको छ । पिडक रेनुकालाई, अर्का छिमेकिले नानी कुटेको भनी पोल सुनाए पछि एक्कासि आमा छोरी आएर अन्धा धुन्ध शरिरका विभिन्न ठाउमा लात्ति मुड्किले प्रहारगरी मरणा सन्न हुनेगरी कुट पिट गरेको स्थानिय अनोज वि.क.ले वताए । सो कुटपिटबाट वृद्धाको आँखा, टाउको, अनुहारका विभिन्न ठाउँहरु, छाति, पिठ्यु, ढाडमा निल डाम सहितको चोट देखिनुका साथै केही मात्रामा करङ समेत भाँचिएको अस्पताल सुत्रले जनाए पनि वास्तविक रिपोट भने आईनसकेको जनाईएको छ ।

पिडितको अहिले सम्म विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । शरिरका विभिन्न ठाउँमा निकै ठुला ठुला निल डाम देखिएकोले उनलाई के भएको छ ?, उपचारमा कति समय लाग्ने हो यसै भन्न नसकिने ईलाका प्रहरी कार्यलय लेटाङका सहायक प्रहरी निरिक्षक दिपक कट्वालले जनाएका छन् । उनका अनुसार घटना पछि लगत्तै नियन्त्रणमा लिइएका पिडक द्वय आमा छोरीलाई पिडितको विष्तृत विवरण नआए सम्म म्याद थप गर्दै प्रहरी हिरासतमा नै राखीनेछ । त्यस पछि भने फौजदारी कानुनको दफा बमोजिमको कार्बाहिका लागि मुद्धा अगाडि बडाउने कट्वालले वताए ।

सम्बन्धित खवर