आयोजकलाई ३–० ले हराउदै DFC मोरङ सेमिफाइनलमा

आयोजकलाई ३–० ले हराउदै DFC मोरङ सेमिफाइनलमा

फिदिम –वाइवाइ तेस्रो पाँचथर गोल्डकपमा आयोजक पाँचथर क्लब लाई ३–० ले हराउदै डागिहाट फुटबल क्लब DFC मोरङ सेमिफाइनल प्रवेश गरेको छ । मोरङको जितमा विदेशी खेलडी अर्मान्ड भिदुम नायक रहे । भिदुमले २ गोल गरे । एक गोल भने हेमन्त थापा मगरको नाममा रह्यो । हिजो फिदिम मा.बिको मैदानमा भएको खेलमा खेलको १० औं मिनेटमा अर्मान्डको गोलमा मोरङले अग्रता लिएको थियो । किपर बिट अवस्थामा अर्मान्डले वन भर्सेज वन गोल गरे ।

त्यसको २ मिनेटपछि हेमन्त थापा मगरले फ्रिकीकमा सुन्दर गोल गर्दै मोरङको अग्रता दोब्बर पारे । डि एरिया नजिक पाँचथरका खेलाडीले फाउल गरे पछि पाएको अवसरलाई हेमन्तले गोल गरेका थिए । खेलको इन्जुरी समयमा बिदेशि खेलाडी अर्मान्डले गोल गर्दै मोरङलाई सेमिफाइनल सम्म पुर्याए । कर्नरबाट आएको बल किपरले नियन्त्रणमा लिन नसक्दा आरमानले गोल गरेका थिए ।

१८ औं मिनेटमा पाँचथरका प्रबिण जबेगुको शक्तिशाली प्रहार बाहिरीएको थियो । ३७ औं मिनेटमा पाँचथर क्लबका शरण बस्नेतको हेडर पोल भन्दा माथिबाट बाहिरिएको थियो । पाएका केहि अवसर गुमाउदा आयोजक निराश बन्न पुग्यो । खेलमा एक गोल गरेका मोरङका हेमन्त थापा मगर म्यान अफ दि म्याच हुदै नगद पाँच हजार प्राप्त गरे ।

मोरङमा नाम चलेका खेलाडीहरु पुजन उपरकोटि, हेमन्त थापा मगर, विक्रम लिम्बु र विदेशी खेलाडीहरुको साथ रहँदा आयोजक स्थानिय युवा खेलाडीहरुको भरमा प्रतिस्पर्धामा उत्रिएको थियो । खेलाडीहरुको टिमवर्क मिलेकोले सहज जित हात परेको मोरङका प्रशिक्षक याबुन राईले बताए । आफ्नो खेलाडीहरुले पराजित भए पनि मन जित्ने गरी खेलेको आयोजक टिमका टिम व्यवस्थापक अनुराग मगरले बताए ।

गोल्डकपमा आज(मंगलबार) विर्तामोड युनाइटेड बिरुद्ध दार्जि्लिङ युनाइटेड भारत खेल्नेछ । गोल्डकपको बिजेताले नगद चारलाख प्राप्त गर्नेछ ।

सम्बन्धित खवर