प्रदेश नम्बर ३ लाई यू–१६ क्रिकेट लिगको उपाधि, प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित

प्रदेश नम्बर ३ लाई यू–१६ क्रिकेट लिगको उपाधि, प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित

प्रदेश नम्बर ३ ले अण्डर १६ (यू–१६) क्रिकेट लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको प्रदेश ३ ले निर्धा्रित ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । उसका लागि अभिषेक उपाध्यायको अर्धशतक र प्रशान्त महतको महत्वपूर्ण रन सहायक भयो । रमेश र सुरज खड्काले प्रदेश ५ का लागि २–२ विकेट लिए ।

जवाफमा प्रदेश ५ ले ३० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । उसका लागि विशालले ४४ रन बनाए भने अमरले २९ रन बनाए । प्रदेश ३ का लागि विवेक दराई र दीपक बोहोराले २–२ विकेट हात पार्दा सक्रिय कार्की र तिलक भण्डारीले १–१ विकेट लिए ।

उपाधिसँगै विजयी टोलीका खेलाडीहरुले एक लाख ५० हजार बराबरको क्रिकेट किट हात पारे । उपविजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पा¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का विशाल विक्रम के.सी घोषित भए ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसीसी अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो । नेपाली टोलीको प्रशिक्षकको रुपमा वसन्त शाही ठकुरी र मन्जुर आलम खान रहेका छन् ।

सम्बन्धित खवर