उर्लाबारीका मेयर फागोले गरे वेवारिसे बच्चाको उद्धार

उर्लाबारीका मेयर फागोले गरे वेवारिसे बच्चाको उद्धार

पथरी, सोमबार दिउसो ३ः३० मा मावा पुल मुनि एउटा बच्चा बेवारिसे अवस्थामा फेला परेपछि उर्लाबारीका नगरप्रमुख खड्ग फागोले उद्धार गरेका छन् ।

कसैले बच्चा पाएर छोडेर भागेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बच्चालाई प्रहरीले उद्धार गरि गोदावरी हस्पिटल उर्लाबारी ल्याएको थियो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले थप उपचार र बच्चाको उद्दारको लागि हाल नोबेल हस्पिटल विराटनगरलाई अनुरोध गरेर निशुल्क उपचारको व्यवस्था मिलाएका छन् ।

बच्चाको अवस्था एकदमै जोखिमपूर्ण रहेको जानकारी दिइएको छ । बच्चालाई आईसियुमा पनि राख्न पर्ने हुन सक्ने भन्दै नेवेल अस्पताल विराटनगर पठाइएको हो । बच्चालाई उपचार गरेर जसरी पनि उद्दार मेयर फागोले बताए ।

हाल बच्चाको आमा पनि सम्पर्कमा आएका कारण बच्चा र आमाको नै उपचार भइरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: