सुनसरीको रामधुनीमा यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते

सुनसरीको  रामधुनीमा यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते

प्रतिकात्मक फोटो

सुनसरीमा यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते भएका छन् । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा सोमबार बिहान यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते भएका हुन् ।

बिहान साढे ४ बजे मन्थलीबाट काकरभिट्टा आउँदै गरेको मे१ख१९७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत तित्रीवनमा आँफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा बसमा सवार २८ जनामध्ये घाइते भएका २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी हुँदै थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित खवर